माधवीको ‘बिझाउने पिरती’ [भिडिओसहित]
धनगढीः गायिका माधवी बगरको म्युजिक भिडियो ‘बिझाउने पिरती’ सार्वजनिक भएको छ। म्युजिक भिडियो सामना म्युजिक क्रियसन युटुव च्यानलबाट शनिबार सार्वजनिक भएको हो।
माधवी र डबल ताडीको स्वरमा सजिएको गीतको भिडियोमा कलाकार सुशीलजङ्ग कुँवर र समिना बुढामगर मुख्य भूमिकामा छन् भने सुनिल लो र नरबहादुर साउकारको अभिनय पनि देख्न सकिन्छ।
माया प्रेममा आधारित गीतमा शब्द र संगीत माधवीको आफ्नै छ। जिबी आग्रीको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियो कैलालीको पर्यटकीय क्षेत्र हाटखोलीमा छायांकन गरिएको हो।