सुदूर नेपाललाई विश्वसँग जोड्दै

औषधी खुवाएर औषधी खुवाउने कार्यक्रमको उद्घाटन

२०७४ फाल्गुन १२, ०९:३८

प्रदेशप्रमुख मोहनराज मल्लले हात्तिपाइलेको औषधी खुवाएर औषधी खुवाउने कार्यक्रमको उद्घाटन गर्नु भएको छ ।

शनिवार सेती अञ्चल अस्पतालमा धनगढी उपमहानगरका नगर प्रमुख नृप बहादुर वडलाई पहिलो औषधी खुवाएर प्रदेश प्रमुख मल्लले कार्यक्रमको उद्घाटन गर्नुभयो ।

नगर प्रमुख वड लगायत अन्य व्यक्तीहरुलाई पनि प्रदेश प्रमुख मल्लले औषधी खुवाउनुभयो । उहाँले आफु उमेरले ७० बर्ष लागेको भन्दै औषधी खानु भएन् ।

कैलालीको धनगढीमा प्रदेश प्रमुख मल्लले औषधी खुवाउने कार्यक्रमको उद्घाटन गर्नुभयो भने, टिकापुरमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल र बलियामा जिल्ला समन्वय समिति संयोजक सुर्य बहादुर थापाले उद्घाटन गर्नुभयो ।

कमेन्ट लोड गर्नुस