धनगढीका मेयर वडद्वारा सरकारको स्वीकृति बिना कोरिया भ्रमण गरेको खुलासा
बैदेशिक भ्रमण अन्तर्गत दैनिक भ्रमण भत्ता नियमावली २०६४ को नियम ३ (५) अनुसार अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि पदाधिकारी वा कर्मचारीले विदेश भ्रमण गर्नुपर्दा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णका आधारमा भ्रमण गर्नुपर्ने व्यवस्था छ। तर धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले भने मन्त्रिपरिषद्को निर्णय नगरी र सरकारको स्वीकृति बिना रिपब्लिक कोरियाको भ्रमण गरेको पाइएको छ।
कमेन्ट लोड गर्नुस