सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोबिन्दाकी श्रीमतीले कृष्णाकी श्रीमतीमाथि निशाना साँध्दै भनिन्, ‘बुहारी भित्र्याएसँगै समस्या सुरु भो’

२०७८ असोज १, ०२:५६ खबर संवाददाता

एजेन्सी: गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ। अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन्। उनले भारतीय सञ्चार माध्यमसँगको एक कुराकानीमा कृष्णाकी श्रीमती कश्मिरा घरमा भित्रिएसँगै समस्या सुरु भएको बताइन्।

उनले भनिन्, ‘म खराब कुरामा जवाफ दिन चाहन्नँ तर आमाले झैं हेरविचार गर्दापनि यिनीहरुले यस्तो खराब व्यवहार गरिरहेका छन्। घरमा समस्या त्यतिबेला सुरु भयो जब हामीले खराब बुहारी भित्र्यायौं। म कसैको नाम लिन चाहन्नँ। मसँग जीवनमा गर्नका लागि धेरै काम छ। म आफ्ना श्रीमान् गोबिन्दाको काम सम्हाल्छु। मलाई यस्ता वाहियात कुरामा पर्नु नै छैन।’

‘गोबिन्दाले मलाई पहिले नै पारिवारिक कुरा सार्वजनिक नगर्न सल्लाह दिएका छन् तर केही मानिसहरु चर्चा चाहन्छन् र सधैं केही न केही विषय निम्त्याउँछन्। यो सबै कृष्णाको तर्फबाट सुरुवात हुन्छ। हामीलाई फुटेज चाहिँदैन, जसलाई फुटेज चाहिन्छ उनीहरुले नै यस्तो गर्छन्। यस्तो हजार पटक भइसकेको छ। कृष्णा माफी माग्नका लागि तयार हुन्छन् र हामीले थुप्रै पटक प्याचअप पनि गरेका छौं तर हामी खराब कुरालाई बारम्बार इग्नोर पनि गर्न सक्दैनौं। हाम्रो पनि आत्मसम्मान छ। ’

किन भड्किइन् सुनिता ?

वास्तवमा कश्मिराले केही दिनअघि गोबिन्दा र सुनिताको विषयमा उनीहरु दुबैजना उनीहरुको जीवनमा पछिल्लो पाँच वर्षदेखि अस्तित्वमा नरहेको बताएकी थिइन्। कश्मिराले आफू नायककी श्रीमतीको रुपमा परिचित नभएको भन्दै उनले आफ्नो मिहिनेतले हालको स्थान प्राप्त गरेको पनि बताइन् । ‘यो सुनिता को हो ?’ कश्मिराका यस्तै कुराले रिसाएकी सुनिताले आफ्नो प्रतिक्रिया दिएकी हुन्।

कमेन्ट लोड गर्नुस