सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरतमणि बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

। फोटो स्रोत ।
२०७८ असोज ३, ०७:२५ खबर संवाददाता

काठमाडौँ: कमेडी च्याम्पियन-२ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन्।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनलाई विजेता घोषित गरिएको हो। भरतमणीले उपाधिसँगै २५ लाख रुपैयाँ र कार पुरस्कार पाएका छन्। यस्तै सेकेन्ड रनरअप गोर्खाका सन्तोष थापा भए। उनले स्कुटर प्राप्त गरे। यसैगरी फस्ट रनरअप सिक्किमका बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे। 

पौडेल पछिल्लो समय पूर्व युवराज पारस शाहको अभिनय गरेर झन् चर्चित बनेका थिए। रियालिटी शो सुरु भएदेखि नै चर्चा कमाइरहेका पौडेलको चर्चा पारस शाहको हाउभाउसहितका अभिनयले अझ चुलिएको थियो। विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन’ कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’बाट प्रशारण हुँदै आएको थियो ।

कमेन्ट लोड गर्नुस