चकलेटी मात्र कति देखिनु, अब नयाँ तरिकाले आउँछुः अनमोल केसी
धनगढीः नेपाली चलचित्रका चर्चित नायक अनमोल केसीले अब आफूलाई सिनियर रुपमा प्रस्तुत हुन मन लागेको बताएका छन्। आफ्नो पिता भुवन केसीको जन्मदिनमा आयोजित एक कार्यक्रममा पुगेका अनमोलले मिडियासँग कुरा गर्दै पर्दामा चकलेटी अवतार धेरै भएको भन्दै अब दर्शकमाझ नयाँ तरिकाले प्रस्तुत हुने बताए।
अनमोल मल्टिस्टारर चलचित्र ‘एक्स ९’मा काम गर्ने तयारी गर्दैछन् । यसका लागि अनमोलले आफ्नो शरीर समेत बनाइरहेका छन्। यो चलचित्रका लागि अनमोललाई २० केजी मोटाउनुपर्नेछ। अनमोलका अनुसार, उनी ७ केजी मोटाएर ८२ केजी पुगिसकेका छन्। अझै, १३ केजी मोटाउनुपर्ने अनमोलको भनाई छ।