सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलियाले मिल्ने साथीसँग मनाइन् छुट्टी, सामाजिक सञ्जालमा भाइरल

२०७८ असोज ३, ०१:३४ खबर संवाददाता

काठमाडौंः बलिउड अभिनेत्री आलिया भट्ट सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। विशेषगरी आफ्ना मिल्ने साथीहरुको उनी सामाजिक सञ्जालमार्फत प्रशंसा गर्ने गर्छिन्।  आलियाले हालै सोसल मिडियामा सार्वजनिक गरेको एउटा तस्बिर अहिले चर्चामा छ। उनले साथीहरुसँग छुट्टी मनाउन जाँदाको फोटो शेयर गरेकी हुन्। 

आलिया र उनका साथीहरू यो फोटोमा अत्यन्तै हट देखिन्छन्। आलियाले तस्बिरमा गुलाबी रंगको बिकिनी र सेतो पारदर्शी शर्ट लगाएको देखिन्छ।  यही, उनकी साथी आकांक्षा बैजनी रंगको बिकिनीमा देखिन्छन्। फ्यानहरूले आलिया र यी नायिकाका साथीहरुको तस्बिरलाई निकै मन पराएका छन्। 

को हुन् आलियाकी सबैभन्दा मिल्ने साथी 

फोटोमा देखिएका आकांक्षा रञ्जन आलियाकी सबैभन्दा मिल्ने साथी हुन्। उनीहरु  बाल्यकालदेखिकै साथीहरू हुन्। पार्टी वा अन्य समारोहमा पनि आकांक्षा प्रायः आलियासँगै देखिन्छिन्। आलियाले आकांक्षालाई जन्मदिनका अवसरमा दिएको शुभकामना सन्देशमा पनि धेरै फ्यानहरूले लाइक र कमेन्ट गरेका छन्।  

कमेन्ट लोड गर्नुस