सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमा बनिन् प्रियंका

२०७८ असोज ६, ०१:०१ खबर संवाददाता

धनगढीः नायिका प्रियंका कार्की आमा बनेकी छिन्। प्रियंकाले छोरीलाई जन्म दिएकी हुन्। सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन्। प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन्। तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन्।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि।सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए। पहिलो चरणको लकडाउनपछि प्रियंका गर्भवती भएकी थिइन्। गर्भवती भएपछि प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा, आलोचना सबै भएको थियो।

कमेन्ट लोड गर्नुस