कञ्चनपुरको बेलौरीमा सरकारी रकमको दुरुपयोग गर्दै जनप्रतिनिधिलाई मोबाइल
कञ्चनपुरको बेलौरी नगरपालिकाले ६ करोड २६ लाख अनियमित रुपमा खर्च गरेको पाइएको छ। हालै सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनअनुसार बेलौरी नगरपालिकाले अनियमित खर्च गर्दा ६ करोड २६ लाख ५० हजार बेरुजू देखिएको छ। नगरपालिकाले यो वर्ष अनिवार्य असुल गर्नुपर्ने बेरुजू मात्रै १ करोड बढी रहेको छ। बेलौरी नगरपालिकाले कर्मचारी भर्ना, प्रोत्साहन भत्ता र अनुदान वितरण गर्दा कानून उल्लंघन गरेर खर्च गरेको छ। नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४, सार्वजनिक खरिद ऐन तथा नियमावलीको पटकपटक उल्लंघन गरेर सरकारी कोषबाट मनपरी खर्च गरेको देखिएको छ। नेकपा एमालेबाट मेयरको उमेद्वार रहेका पल्लवराज भटट्ले नगरपालिकाले २०७४ देखि बेरुजू फछ्र्यौट नगरेको बताए।
कमेन्ट लोड गर्नुस