सुदूर नेपाललाई विश्वसँग जोड्दै

परिस्थितिले साथ नदिएपछि कलाकार हुन सकिनः प्रचण्ड

फाइल फोटो
फाइल फोटो
२०७८ असोज १५, ०४:१० खबर संवाददाता

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफू परिस्थितिका कारण कलाकार हुन नसकेको बताएका छन्। सुनाखरी मल्टिमिडिया फाउण्डेशको आयोजनामा शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय काँठे लोक दोहरी अवार्ड वितरण कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले सानैदेखि गीत गाउने इच्छा भएपनि परिस्थितिले साथ नदिएको र कलाकार हुन नसकेको बताएका हुन्।

गीत संस्कृति, खेल भनेपछि लठ्ठ पर्ने बानी रहेको उनको भनाइ छ। उनले गीत संस्कृति, खेल क्षेत्र राष्ट्रको गौरवको विषय भएको धारणा राखे। राजनीतिक कार्यक्रम निराश हुने र आजभोलि गालीगलौज पनि हुन थालेको उनले बताए। उनले लोकसंस्कृति सम्बन्धी कार्यक्रममा सहभागी हुदा रिल्याक्स महसुस गरेको उल्लेख गरे। कार्यक्रममा बिभिन्न कलाकार, पत्रकार लगाएतलाई सम्मान गरिएको थियो।

कमेन्ट लोड गर्नुस