ड्रग्स पार्टी चलिरहेका बेला शाहरुख खानका छोरा पक्राउ
काठमाडौंः भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मारेर बलिउड स्टार शाहरुख खानका छोरासहित १३ जनालाई हिरासतमा लिएको छ। प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको थियो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको छ। छानविन चलिरहेकाले प्रहरीले धेरै प्रतिक्रिया दिन नमानेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरी स्रोतका अनुसार आर्यन खान पार्टीमा उपस्थित भएपनि उनको साथबाट ड्रग्स भने बरामद भएको छैन। बलिउडका अन्य अभिनेताका छोराहरु पनि हिरासतमा रहेको प्रहरीलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले जनाएका छन्। तर को–को समातिएका छन् भन्ने सार्वजनिक भइसकेको छैन। एनसिबीका अधिकारीहरुले शाहरुखका छोराको फोन चेक गरेको र उनीसँग सोधपुछ गरेको प्रहरी स्रोतले जनाएको छ।