शाहरुख खानका छोराले ४ वर्षदेखि ड्रग्स सेवन गरिरहेको खुलासा
काठमाडौं : शाहरुख खानका छोरा आर्यनले ४ वर्षदेखि ड्रग्स सेवन गरिरहेको खुलासा भएको छ। मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भेटिएको लागुऔषधको मामिलामा शाहरुख खानका छोरा आर्यन खानलाई आइतबार पक्राउ गरिएको थियो।
पक्राउपछि सोधपुछका क्रममा आर्यनले ड्रग्स खाने गरेको कुरा स्वीकार गरेका छन्। उनले करिब चार वर्षदेखि लागुऔषध सेवन गरिरहेको स्वीकार गरेको भारतीय मिडियाले बताएका छन्।
आजतकका अनुसार आर्यन लगातार रोइरहेका छन्। शाहरुख खानले वरिष्ठ वकिल सतिश मानेशिन्देलाई आफ्नो छोरा आर्यनको प्रतिनिधित्व गर्नका लागि चुनेका छन्।