धनगढी उपमहानगरले काठमाडौंको संस्थालाई सुटुक्क पौने ४ लाख दियो
धनगढीलाई ‘ग्रिन सिटी’ बनाउने अभियान अन्तर्गत धनगढी उपमहानगरले आर्थिक वर्ष २०७६/७७ मा एक लाख ५० हजार फलफूलका विरुवा रोप्ने भन्दै लाखौं रकम खर्चेको भएपनि उपलब्धी भने शून्य देखिएको छ। यसअघि नगरको वातावरण स्वच्छताका लागि १५ हजार बिरुवा रोपेको दाबी गरेपनि रोपिएका विरुवाको भने यतिबेला नामनिसान समेत छैन। सहरका सडक छेउछाउ तथा नगरका प्रत्येक घरघरमा फलफूलका बोटविरुवा रोप्ने योजना नै यतिबेला अपलपत्र परेको हो।
कमेन्ट लोड गर्नुस