सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले पहिलो चौमासिकसम्म पनि कर्मचारी सरुवा गर्न सकेन

सुदूरपश्चिम सरकारले पहिलो चौमासिक सकिनै लाग्दा पनि कर्मचारी सरुवा गर्न सकेको छैन। तीन महिनादेखि कर्मचारी सरुवा गर्ने कसरतमा लागेको सरकारले फेरि चौथो पटक सरुवाको कार्यविधि संशोधन गरेको छ। कर्मचारी सरुवा नियमित रुपमा गरिनुपर्ने भए पनि प्रशासन र लेखा समूहका कर्मचारीलाई सरकारले सरुवा गर्न सकेको छैन। मन्त्री र सांसद निकट कर्मचारीहरुलाई आकर्षक कार्यालय र विभागमा ल्याउने प्रतिस्पर्धा चलेका कारण भदौमा हुनुपर्ने सरुवाको मिति कार्यविधी संशोधन गर्दै कार्तिक १५ गतेसम्म लम्बाएको छ। अन्य मन्त्रालय र सेवा समूहका कर्मचारी पूर्वाग्रह राखेर सरुवा गरेको प्रदेश सरकारले लेखा समूह तथा प्रशासन सेवाका कर्मचारीलाई भने सरुवा गर्न सकेको छैन।

कमेन्ट लोड गर्नुस