दार्चुलाको नाभी, कुटी र गुञ्जीका एक हजार नागरिक नेपालको जनसंख्यामा नअटाउने
भारतले अतिक्रमण गरेका दार्चुलाका तीन गाउँ कुटी, नाभी र गुञ्जीका झण्डै एक हजार नेपाली, नेपालको जनसंख्यामा नअटाउने भएका छन्। ६० वर्षदेखि जनगणना हुन नसक्दा तीन गाउँका नेपाली, नेपालको जनसंख्यामा अटाउन सकेका छैनन् भने यो वर्ष पनि सो क्षेत्रमा जनगणना नहुने भएको हो। २०१८ सालमा ती गाउँमा जनगणना गरिएको भएपनि त्यसपछिका कुनै पनि जनगणनामा त्यहाँको जनसंख्या समावेश गरिएको थिएन्।
कमेन्ट लोड गर्नुस