सुदूरपश्चिमका इन्जिनियर आन्दोलित, २ घण्टा पेन डाउन गर्ने
सुदूरपश्चिम प्रदेशका इन्जिनियर आन्दोलित भएका छन्। आईतवार प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीलाई ज्ञापनपत्र बुझाएका उनीहरुले सोमबार २ घण्टा पेन डाउन गर्ने भएका हुन्। सोमबार १० देखि १२ बजेसम्म काम नगर्ने नेपाल इन्जिनिर्यस एशोसियसन सुदूरपश्चिमका सभापति लव जोशीले बताए। उनीहरुले आइतबार कानून मन्त्रालयमा बिरोध प्रदर्शनसमेत गरेका छन्।
कमेन्ट लोड गर्नुस