सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलको स्तरोन्नती ४ वर्षभित्रै ४ अर्बमा हुन्छः मन्त्री आले

धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नती गर्न रियल पथ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको २० वर्षे गुरुयोजनाले १२ अर्ब १४ करोड लगानी आवश्यक पर्ने देखाएको देखाएको थियो। स्थानीयको २२७ विघा जमिन अधिग्रहण गरेर विमानस्थल बिस्तार गरिने भन्दै गुरुयोजना सार्वजनिक गरिएको थियो। गुरुयोजना अनुसार तत्काल काम अघि बढाइने भन्दै २०७६ माघ २५ गते तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई, नेपाल नागरिक उड्डयन प्राधिकरणसहितको टोली धनगढी आइपुगेको थियो। तर गुरुयोजना सार्वजनिक बाहेक अहिलेसम्म कुनै काम हुन सकेन।

कमेन्ट लोड गर्नुस