तेज पुरुषको ‘यो साँझ’ सार्वजनिक (भिडिओसहित)
२०७८ कार्तिक २३, ०६:३४
धनगढीः सर्जक तेज पुरुषको यो साँझ नामक नयाँ गीत सार्वजनिक भएको छ। पुरुषको गीत अराज केशव एक्सप्रेस नामक यूट्युव च्यानलमार्फत सार्वजनिक भएको हो।
गीतमा गायक अर्जुन बसन्तको आवाज रहेको छ भने मोडल भूपी उपाध्याय र मनिषा बोहराको अभिनय रहेको छ। गीतको भिडिओ कञ्चनपुरका बिभिन्न पर्यटकिय स्थलहरुमा छायाँकन गरिएको थियो। माया प्रेमको कथामा आधारित उक्त म्युजिक भिडिओले छोटो समयमै चर्चा कमाउन सफल भएको छ।
कमेन्ट लोड गर्नुस