डडेल्धुरामा स्पिकिङ आइडल आयोजना हुँदै
डडेल्धुरा: डडेल्धुरामा स्पिकिङ आइडल २०७८ आयोजना हुने भएको छ। ‘कला, संस्कृति, भाषा र पर्यटन प्रर्वद्धन, अजयमेरु, भागेश्वर, गन्याप, अमरगढी, आलिताल, परशुराम, नवदुर्गा र महाभारत समर्वद्धन’ भन्ने नाराका साथ उक्त कार्यक्रम हुने बताइएको छ।
विगत दुई वर्षदेखि कोरोनाका काराणले विद्यालयमा कुनै कार्यक्रम हुन नसकेको भन्दै यो अवधारणा ल्याइएको कार्यक्रकमका संयोजक दिपकराज भट्टले जानकारी दिए। सातै स्थानीय तहमा अडिसनबाट २÷२ जना छनोट गरिने र १४ जनाको बीचमा जिल्ला अडिसनमा गरी तीन चरणमा प्रतियोगिता हुने उनले बताए। कार्यक्रमको आयोजक खबरदारी न्यूज डटकम, मुख्य प्रयोजक शिखर बहुउद्धेश्यीय समाज डडेल्धुरा, भीमधुरा युवा समाज डडेल्धुरा छ भने, प्रर्वद्धकमा बोलन्या थली युनिट डडेल्धुरा रहेको छ।
पालिका अडिसनहरु मंसिर १ गते बाट १६ गतेसम्म हुनेछ। अडिसनमा डडेल्धुराका कक्षा १२ मुनिकाले सहभागिता लिन पाउँनेछन्। पालिका अडिसनमा छनोट भएकालाई मात्र जिल्ला अडिसनमा सहभागिता गराइने आयोजकले जनाएको छ।