पल शाह र समीक्षा अधिकारी पत्रकारबाट भाग्दै, कार्यक्रममा प्रवेश निषेध
काठमाडौंः नायक पल शाह र गायिका समीक्षा अधिकारीबीचको ‘सम्बन्ध’ अहिले चर्चामा छ। यी दुईबीचको अफेयरलाई लिएर मिडियामा खबर आउन थालेपछि पल पत्रकारसँग चिढिन पनि थालेका छन्। शनिबार राजधानीमा आयोजित एक गीत लन्च कार्यक्रममा पलकै इशारामा पत्रकारलाई कार्यक्रममा प्रवेश दिइएन। पलकै निर्देशनमा सुरक्षागार्डले पत्रकारलाई ढोकाबाटै फिर्ता पठाए।
सोल्टीमोडस्थित न्यू हायात होटलमा पल अभिनित ‘तिमीलाई हेरेर’ बोलको गीत लन्च कार्यक्रम आयोजना भएको थियो। नेपाली फिल्म र म्युजिक भिडिओको कार्यक्रममा यसरी पत्रकारलाई फिर्ता पठाइएको पहिलोपटक हो। कार्यक्रमको रिपोर्टिङ गर्न पुगेकी एक पत्रकारले आफूहरुलाई बेइज्जती ढंगले फिर्ता पठाइएको अनुभव सेयर गरिन्। यसअघि एक कार्यक्रममा पनि पलले पत्रकारलाई ५ घण्टासम्म कुराएर पठाएका थिए।
गायिका अधिकारीसँगको अफेयर सार्वजनिक भएपछि पल पत्रकारबाट भाग्दै आएका छन्। गत महीना अनामनगरमा आयोजित एक कार्यक्रममा पनि गायिका अधिकारी पत्रकार सम्मेलनबाट सुटुक्क बाहिरिएकी थिइन्।