गेटामा ‘मेडिकल विश्वविद्यालय’ बनाउन माग गर्नेहरु सुस्ताए
कैलालीको गेटामा आवश्यक भौतिक संरचना तयार भए पनि चिकित्सा शिक्षा र अस्पताल सञ्चालनमा ढिलाई हुन थालेको छ। प्रस्तावित गेडा मेडिकल कलेजको नामले भौतिक संरचना निर्माणको काम लगभग सकिए पनि चिकित्सा शिक्षा र अस्पताल सञ्चालनमा भने ढिलासुस्ती भइरहेको छ। संघीय सरकारले सञ्चालनको प्रारुप तयार गर्न बेवास्ता गर्दा प्रदेशमै चिकित्सा शिक्षा अध्ययन गर्ने र स्तरीय स्वास्थ्य सेवा पाउने सपना पूरा हुन अझै समय लाग्ने देखिएको छ। मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयको रुपमा सञ्चालनको मागसहित जनदबाब दिनु आवश्यक देखिएको धेरैको तर्क छ।
कमेन्ट लोड गर्नुस