अभिनेता राजकुमार रावले गरे विवाह
२०७८ कार्तिक ३०, ०२:२०
काठमाडौँ: बलिउड अभिनेता राजकुमार रावले विवाह गरेका छन्। उनी आफ्नि प्रेमिका पत्रलेखा पालसँग वैवाहिक जीवनमा बाँधिएका हुन्।
राजकुमार र पत्रलेखाले चण्डीगढमा आफ्ना निकट साथीभाई र आफन्तको उपस्थितिमा विवाह गरेका हुन्। राजकुमारले विवाहको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
कमेन्ट लोड गर्नुस