२६ वर्षपछि कमब्याक तयारीमा सुधांशु जोशी, फिल्म ‘एक्स-नाइन’ मा अनुबन्धित
काठमाडौंः सन् १९९४ को सुपरहिट फिल्म ‘जालीरुमाल’ अभिनेता सुधांसुु जोशी अन्ततः अभिनयमा फर्कने निश्चित भएको छ। मुकुन्द भट्टले निर्माण एवं निर्देशन गर्न लागेको एक्सन ड्रामा ‘एक्सन नाइन’बाट जोशी कमब्याक हुने भएका हुन्। २६ वर्षपछि जोशी फिल्म ‘एक्स-नाइन’बाट फर्कन लागेका हुन्।
निर्माण कम्पनीसँग उनको सम्झौतापत्रमा औपचारिक हस्ताक्षर भैसकेको छ। आफूले निर्माण गरेको फिल्म नेपाल बक्सअफिसमा असफल भएपछि जोशी अमेरिका पलायन भएका थिए। उनी अमेरिका हानिएपनि बेलाबखत चाहिँ वैवाहिक जीवनजस्त नीजि कारणले भने चर्चामा रहे। अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कट्वालको समेत यसमा मुख्य भूमिका छ।
यो ग्याङस्टर फिल्ममा सुधाशुंको भूमिकाबारे खुलाइएको छैन। आगामी फागुन १३ गते भट्ट निर्देशित अर्को फिल्म ‘लप्पन छप्पन २’ रिलिज तयारीमा छ।