सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा पहिलोपटक ‘अन्डरग्राउन्ड डान्स ब्याटल’ आयोजना

२०७८ मंसिर २०, ०४:०९ खबर संवाददाता

धनगढी: नेपालमा पहिलोपटक ‘अन्डरग्राउन्ड डान्स ब्याटल’ हाइपमोड भोलुम–२ को आयोजना भएको छ। यहि मंसिर १६ देखि १८ गतेसम्म काठमाडौंमा उक्त प्रतियागिता आयोजना भएको हो। मुख्य आयोजक जस्ट फिल द डान्स रहेको उक्त प्रतियोगिता द मङ्क नेपालले उत्पादन गरेको थियो। 

प्रतियोगितामा २ सय जनाभन्दा बढीको सहभागिता रहेको द मङ्कका किङ्ग योगीले बताए। उनका अनुसार ६ विधामा डान्स प्रतियोगिता भएको थियो। जसमध्ये पपिङमा स्वस्तीक अर्याल विजयी भएका थिए। यस्तै क्रम्बमा एन्टी मेज(सुजन), हिपहपमा नेपो(दिपक शाही), ब्रेकिङमा बीबोएबी(सुमन बिक) र रेप योर स्टाइलमा नेपो तथा नेपो र ट्रिकी विजयी भएको जस्ट फिल द डान्सका किशोर हमाल ठकुरीले बताए।

प्रतियोगितामा नेपाल र भारतबाट प्रतियोगीहरु सहभागी भएका थिए। भने, निर्णायक समेत दुवै देशका थिए। प्रतियोगितामा विजेताहरुलाई कूल १ लाख ४ हजारको पुरस्कार वितरण गरिएको आयोजकले जानकारी दिएको छ। 
आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको अन्डरग्राउन्ड डान्स ब्याटल आयोजना गर्ने किङ्ग योगीले बताए।   

कमेन्ट लोड गर्नुस