सुदूर नेपाललाई विश्वसँग जोड्दै

"कविताको व्यापार"

२०७८ मंसिर २०, ०९:१७

यमराज जोशी: बा! अब हामी कविता लेखौ 
अबदेखी हामी कविता  बेचौ  
मानो छरेर मुरी  भए  जसरी
पाना लेखेर  किताव बनाऔ
आउनुस बा एक पसल खोलौ
अनि कविताको व्यापार गरौ ।।

मजदुरले श्रमको व्यापार गर्छ,
कीसानले धानको व्यपार गर्छ,
डाक्टरले औषधिको व्यापार गर्छ,
व्यापारीले सामानको व्यापार गर्छ, 
शिक्षकले   ज्ञानको  व्यापार गर्छ,
प्रेमीहरुले  प्रेमको  व्यापार गर्छन ,
नेताहरुले सिमानाको व्यापार गर्छन 
तर  म न डाक्टर बन्न सक्छु
न तपाइले व्यापारी बनाउन सक्नुहुन्छ 
पढ्दै नपढी शिक्षक बन्न सम्भव छैन 
सिमाना बेच्ने प्रमाण पत्र हामीसंग छैन 
अरु केहि सकिदैन 

बा ! हामी  कविता लेखौ 
कविता बेचौ , आउनुस बा 
हामी कविताको व्यापार गरौ ।।
 

कमेन्ट लोड गर्नुस