कञ्चनपुरमा भरुवा बन्दुक बरामद
धनगढी : कञ्चनपुरमा भरुवा बन्दुक बरामद गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका -२ बाणीस्थित आदर्श सामुदायिक वन गोलाबारी सामुदायिक वनको बिच खोलाको किनारबाट बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला पारेको प्रहरीले बताएको छ।
सोमबार इलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट बाणीबाट खटिएको टोलीले उक्त बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले बताए।