सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले लत्यायो एडीबीका २ योजना, सर्त विपरीत योजना छनोट

एसियाली विकास बैंक(एडीबी)बाट नेपाल सरकारले सहुलियत दरमा ७० प्रतिशत ऋण लिएर धनगढी उपमहानगरपालिकालाई अनुदानबाफत विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको थियो। सडक, फोहोरमैला व्यवस्थापन केन्द्र, फोहोरपानी व्यवस्थापन, पुनर्वास तथा सामाजिक आर्थिक विकास लगायत कार्यक्रमका लागि भन्दै ३ अर्ब १९ करोड बजेट विनियोजन गरिएको थियो। आर्थिक वर्ष २०७५/७६ देखि निर्माण सुरु गरेर सन २०२२ भित्र सम्पूर्ण योजनाको सफल कार्यान्वयन भइसक्नुपर्ने समय सीमा समेत निर्धारण गरिएको थियो। तर १० किलोमिटर सडक निर्माणको प्रक्रियाबाहेक २०७८ आइपुग्दासम्म धनगढीमा कुनै काम हुन सकेको छैन।

कमेन्ट लोड गर्नुस