प्रेमिकाले अर्कैसँग बिहे गरिरहेका बेला मण्डपमै गएर प्रेमीले हाले जबर्जस्ती सिन्दूर (भिडिओ)
धनगढीः भारतमा प्रेमिकाले अर्कैसँग विवाह गरेपछि एक युवकले विवाह मण्डपमै गएर जबर्जस्ती सिन्दूर हालेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यज्ञमा बेहुला–बेहुली उभिरइहेका बेला हुलहुज्जत गर्दै अनुहार छोपेका ती युवकले आफ्नी पूर्वप्रेमिका अर्थात् बेहुलीको सिउँदोमा सिन्दूर हालेका हुन्।
त्यसपछि उनलाई विवाहमा सहभागी मानिसहरूले समातेर कुटेका छन्। हिन्दुस्तान टाइम्सले आफ्नो ट्विटरमा त्यसको भिडिओ राखेको छ।