हुन सक्छ नेता बेइमान छ, र कर्मचारी इमानदार छ
समीर जोशी : हुनसक्छ मृत्यु गलत छ, र जीवन सही छ
वा हुनसक्छ सायद उल्टो पनि,
तर दुवै सत्य हुन्।
सायद अल्लाह मन्दिरमा बस्न थालेको छ,र मस्जिदहरूमा भगवान्
वा हुनसक्छ सायद उल्टो पनि,
तर दुवै सत्य हुन्।
सायद सिद्ध बाबा ब्रह्मचारी र राम बहादुर बमजंग बलात्कारी हुन्
वा हुनसक्छ सायद उल्टो पनि,
तर दुवै सत्य हुन्।
हुनसक्छ मुल्ला महान् हो, र पादरी एक सराबी
वा हुनसक्छ सायद उल्टो पनि
तर दुवै सत्य हुन्।
छोरी बोझ बनोस्, छोराले साथ दिउन्
वा हुनसक्छ सायद उल्टो पनि
तर दुवै सत्य हुन्।
हुनसक्छ नेता बेइमान छ, र कर्मचारी इमानदार छ।
वा हुनसक्छ सायद उल्टो पनि,
तर दुवै सत्य हुन्।
भारत विस्तारवादी हो, र अमेरिका साम्राज्यवादी हो
वा हुनसक्छ सायद उल्टो पनि,
तर दुवै सत्य हुन्।
सायद केपी साँचो र प्रचण्ड झुटो हुन सक्छ
वा हुनसक्छ सायद उल्टो पनि,
तर दुवै सत्य हुन्।
पञ्च मण्डले सही र भजन मण्डले गलत छन्
वा हुनसक्छ सायद उल्टो पनि,
तर दुवै सत्य हुन्।
हुनसक्छ प्रधान न्यायाधीश सही छ, र बाकी न्यायाधीश गलत छन् ।
वा हुनसक्छ सायद उल्टो पनि,
तर दुवै सत्य हुन् ।
सायद देउवाको बोली प्रस्ट छ , र खड्ग ओली भ्रष्ट्र छ ।
वा हुनसक्छ सायद उल्टो पनि,
तर दुवै सत्य हुन्।
सायद तिमी देशभक्त छौँ, र म देशद्रोही
वा हुनसक्छ सायद उल्टो पनि,
तर दुवै सत्य हुन्।
समस्या के गलत र सही के हो भन्ने होइन
समस्या यो हो कि हामीले पहिले नै हाम्रो 'सत्य' रोजेका छौँ
हामी प्रमाणको परीक्षणमा यसलाई परीक्षण गर्न चाहँदैनौँ।
हामी केवल "प्रमाण" खोज्छौँ
आफ्नो 'सत्य' प्रमाणित गर्न