नयाँ रेकर्ड बनाउँदै ‘आरआरआर’ को ट्रेलर
एजेन्सी : चलचित्र बाहुबलीका निर्देशक एसएस राजामौलीद्वारा निर्देशित आरआरआरको ट्रेलरले इन्टरनेटमा धमाका मच्चाइरहेको छ। ट्रेलरले २४ घण्टामा ५ करोड बढी भ्यूज प्राप्त गरेको छ भने मात्र २४ घण्टामा ५ करोड बढी भ्यूज प्राप्त गर्ने यो पहिलो भारतीय चलचित्र बनेको छ। यस चलचित्रको ट्रेलर हिन्दी, तामिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज गरिएको छ।
डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिका छ। फिल्ममा अजय देवगनका साथै आलिया भट्टको पनि अभिनय देख्न सकिन्छ।