सुदूर नेपाललाई विश्वसँग जोड्दै

गरिमा र समीक्षाबीच भनिएको लफडाको वास्तविकता के हो ?

२०७८ पुष २, १२:४८ खबर संवाददाता

धनगढीः मोडल गरिमा शर्माका म्युजिक भिडियोको क्षेत्रमा विभिन्न चर्चा परिचर्चा हुने गर्छन्। विभिन्न कारणले उनलाई कहिलेकाहीं विवादमा पनि ल्याउने गरेको छ। कहिले नायक पल शाहसँगको सम्बन्धको चर्चा त कहिले दुर्गेश थापासँगको टिकटक लाइभका कारण पनि उनी विवादमा आइन्।

म्युजिक भिडियो बजारमा फेरि अर्को एउटा चर्चा चलेको छ, मोडल गरिमा शर्मा र गायिका समीक्षा अधिकारीबीच सम्बन्ध राम्रो छैन भनेर। उनीहरुबीच बोलचाल नै नभएको, झगडा भएको जस्तो चर्चा भिडियो बजारमा खुबै सुनिएको छ। केही समययता चलिरहेको यो चर्चाको विषयमा गरिमा पनि जानकार छिन्। उनी भन्छिन्, ‘मैले यो चर्चा सुनेकी छु। तर, किन यस्तो हल्ला चलेको छ मलाई थाहा छैन।’

गरिमाले आफू र समीक्षाबीच सम्बन्ध नराम्रो भएको भन्ने खबरको खण्डन गरिन्। उनले भनिन्, ‘हामी त च्याटमा कुरा गर्छौं। खै, कसले यस्तो हल्ला चलायो म पनि छक्क परेको छु।’ म्युजिक भिडियो बजारमा मोडल गरिमा र गायिका समीक्षाको नाम नायक तथा मोडल पल शाहसँग जोडिएकाले पनि उनीहरुबीचको तिक्तताको खबर चलेको जानकारहरु बताउँछन्। तर, गरिमाले समीक्षा आफ्नो बहिनी जस्तो भएको भन्दै उनीसँग कहिले पनि सम्बन्ध नबिग्रिएको बताएकी छन्।

कमेन्ट लोड गर्नुस