सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेत्री ऐश्वर्या रायमाथि कर छलेको आरोप

२०७८ पुष ७, १२:२० खबर संवाददाता

धनगढीः पूर्वविश्व सुन्दरी तथा भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चनमाथि कर छलेको आरोप लागेको छ। सोही आरोपमा उनलाई सोमबार भारतीय कार्यान्वयन निर्देशनालयले पाँच घण्टाभन्दा बढी सोधपुछ गरेको हो।

पानामा पेपर्सले सार्वजनिक गरेको विवरणअनुसार उनी अवैध विदेशी मुद्रा कारोबारको आशंकामा तानिएकी हुन्। पेपर्सले सन् २०१६ मा प्रकाशित गरेको विश्वव्यापी कर छलीको विवरणका आधारमा उनलाई बोलाएर सोधपुछ गरिएको अधिकारीहरुले बताएका छन्।

रायको बयानपछि निर्देशनालयले बच्चन परिवारसँग थप सोधपुछ गर्ने भएको छ। अब उनीहरुले सन् २००४ देखि प्राप्त गरेको विदेशी मुद्राको आम्दानीबारे विस्तृत जानकारी गराउनुपर्ने छ । भारतमा सोही वर्षदेखि विदेशी मुद्राको कारोबार अर्थात् रेमिट्यान्स स्किमलाई सरल बनाइएको थियो।

कमेन्ट लोड गर्नुस