कैलालीमा युवकको विभत्स हत्या: संलग्नको पहिचान भइसकेको प्रहरी दाबी
कैलालीको जानकी गाउँपालिकाका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई कार्बाहीको माग गर्दै स्थानीय चरणवद्ध आन्दोलनमा छन्। हत्यामा संलग्नलाई पक्राउ गर्दै कार्बाहीको दायरामा ल्याउनपर्ने माग उनीहरुको छ। यस्तै हत्याको विरोध र दोषीलाई कार्बाहीको माग गर्दै आज इलाका प्रहरी कार्यालय टीकापुर अगाडि प्रदर्शन गरिएको छ। उनीहरुले हत्यामा संलग्नलाई फाँसी दिनुपर्ने लगायतका नारा लगाएका छन्।
कमेन्ट लोड गर्नुस