सुदूर नेपाललाई विश्वसँग जोड्दै

दर्ता भएकै पालिकामा अटो रिक्सा चलाउन जोड, नयाँ दर्ता रोक्ने तयारीमा प्रदेश सरकार

धनगढी उपमहानगरपालिकामा आवश्यकताभन्दा बढी अटो रिक्सा चल्न थालेपछि सवारी जाम हुने गरेको छ। दुर्घटना पनि बढेका छन् भने आवतजावतमा सास्ती छ। जुन पालिकामा दर्ता भयो सोही पालिकामा मात्र सञ्चालन हुने सहमति कार्यान्वयन नहुँदा सवारी जाम र दुर्घटना बढेको हो। उपमहानगरपालिका र यातायात कार्यालयको कारण अटो रिक्साको संख्या आवश्यकभन्दा बढी भएको रिक्सा चालक राजु चौधरीको दाबी छ। ‘अटो रिक्साको व्यवस्थापनका लागि दर्ता भएकै पालिकामा अटो चलाउनु पर्ने हो,’ उनले भने, ‘आवश्यकताभन्दा बढी अटो रिक्सा भएकाले तत्काल नयाँ दर्ताको प्रक्रिया पनि बन्द गर्नु पर्‍यो।’

कमेन्ट लोड गर्नुस