सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजघाट पुल अलपत्र पार्ने ठेकेदारलाई नै सडक निर्माणको ठेक्का

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरदेखि राजघाट पुल जोड्ने सडकको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ। ठेक्का सम्झौता भएको डेढ वर्षसम्म पनि सडक निर्माणले गति लिन नसकेको हो।२०७७ असारमा प्रदेश सरकारको समपुरक अनुदानको एक करोडसहित धनगढी उपमहानगरपालिकाले एड्भेञ्चर निर्माण जेभीसंग तीन करोड ४७ लाखमा सडक निर्माणका लागि सम्झौता गरेको थियो। तर सम्झौता गरेको डेढ वर्षपछि मात्र निर्माण कार्य भइरहेको छ। जसका कारण वरपरका बासिन्दाले हैरानी खेप्नु परिरहेको छ।

कमेन्ट लोड गर्नुस