मुस्कान खातुनमाथि बायोपिक फिल्म बन्ने, रमित ढुंगानाको निर्देशन
काठमाडौंः यसैवर्ष अमेरिकी सरकारबाट साहसी महिलाको पुरस्कार जितेकी नेपाली एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमाथि फिल्म निर्माण हुने भएको छ। अभिनेता तथा निर्माता रमित ढुंगानाले फिल्म निर्माण गर्न लागेको जानकारी दिए। रमित स्वयमले यस फिल्मलाई निर्देशन गर्ने भएका छन् भने मुस्कान स्वयमले यसमा अभिनय गर्ने भएकी छिन्।
फिल्मको नाम ‘मुस्कान’ राखिएको छ। ‘जतिसक्दो चाँडो हामी छायांकनमा जाने तयारीमा छौं र मुस्कानलाई पनि अभिनयबारे सिकाइरहेका छौं’ ढुंगानाले भने, ‘यसले किशोरी र महिलाविरुद्ध हुने एसिड आक्रमणविरुद्ध सन्देश दिनेछ।’ अहिले स्क्रिप्ट लेखन र प्रिप्रोडक्सनमा काम भैरहेको र सन् २०२२ को सुरुआतदेखि छायांकनमा लैजाने तयारी भैरहेको रमितले बताए। निर्माण, लगानी, तालिका र अन्य कलाकारबारे चाँडै जानकारी गराउने रमितले जनाए।
यसवर्ष अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने साहसी महिलाको अवार्ड खातुनले जितेकी थिइन्।