सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेर मूल नाका हुँदै भारत भाग्छन् कैलालीमा हत्या घटनाका आरोपी

गत कात्तिक २३ गते कैलालीका भूपेन्द्र बडुवालको हत्या भयो। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का बडुवालको लम्की, चिसापानी र टीकापुरमा सक्रिय अपराधिक समूहले हत्या गरेको थियो। उक्त घटनामा संलग्न भएको भन्दै मृतक परिवारले २१ जनाको नाममा जाहेरी दर्ता गरेको थियो। तर अहिलेसम्म १२ जना मात्रै प्रहरीको नियन्त्रणमा आएका छन्। मुख्य योजनाकारसहित बाँकी ९ जना भने अझै फरार रहेका छन्।

कमेन्ट लोड गर्नुस