‘राता लम्बिया’ गाउने असीस नेपाल आउदै
२०७८ पुष १३, ०३:३७
काठमाडौँ : बलिउडकी गायिका असीस कौर नेपाल आउने भएकी छन्। जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन्।
आसीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट रहेको छ। फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो।
कमेन्ट लोड गर्नुस