सुदूर नेपाललाई विश्वसँग जोड्दै

चर्चित र्‍यापर लाउरे पक्राउ

२०७८ पुष १५, १२:३१ खबर संवाददाता

काठमाडौंः र्‍यापर लाउरे पक्राउ परेका छन्। लागूऔषध सम्बन्धी कसूरमा बुधबार पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए। लाउरे भनेर चिनिने उनको वास्तविक नाम आशिष राना मगर  हो।

प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ। उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन्। उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको प्रहरीको भनाई छ।

कमेन्ट लोड गर्नुस