सुदूर नेपाललाई विश्वसँग जोड्दै

र्‍यापर लाउरेसहित ४ जनालाई ८ दिन हिरासतमा राख्न अनुमति

२०७८ पुष १६, ०४:२० खबर संवाददाता

काठमाडौंः र्‍यापर लाउरेसँगै पक्राउ परेका ४ जनालाई जिल्ला अदालत कास्कीले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ। बुधवार प्रहरीले पोखराको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको थियो। लाउरे भनेर चिनिने आशिष रानामगर चर्चित र्यापर हुन्। उनीसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन्।

पोखरा घर भएका लाउरेलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको कास्कीका एसपी रमेश थापाले बताए। आरोपीहरुको साथबाट १३ दशमलब १ ग्राम ब्राउन सुगर बरामद गरिएको छ। ब्राउन सुगरसहित सो लागुऔषध जोख्न प्रयोग गरिने तराजु पनि बरामद गरिएको प्रहरीको भनाई छ।

लाउरे रियालीटी शो हिमालय रोडिजका निर्णयक हुन्। ब्राउन सुगर बेचबिखनमा लाउरेको संलग्नताबारे अनुसन्धान भइरहेको एसपी थापाले बताए।

कमेन्ट लोड गर्नुस