धनगढीमा निर्माणाधीन सडकको गति सुस्त, पुसमा पनि हिलाम्य
धनगढीको हसनपुरदेखि जाई जोड्ने लब्ली चोकको अवस्था दयनीय छ। सडकमा पानी जम्दा आवतजावतमा समस्या भइरहेको छ, भने दुर्घटनाको जोखिम त्यत्तिकै बढेको छ। उक्त सडकमा अटो रिक्सादेखि ठूला गाडीहरु गुड्ने गरेका छन्। तर सडक हिलाम्य हुँदा बजार आउने तथा बजारबाट फर्कने यात्रुहरुले सास्ती खेप्नु परेको स्थानीय माया चन्दले बताइन्। सडकमा पानी भरिएर हिलाम्य हुँदा आवतजावत गर्नै मुस्किल भइरहेको उनले बताइन्। ‘बाटो चिप्लो छ। साना ठुला गाडी यहि सडकमा चल्छन्। दुवै तर्फबाट गाडी आए हिँड्ने ठाउँ नै हुँदैन। बालबच्चाहरुलाई त झन समस्या भइरहेको छ’ उनले भनिन्।
कमेन्ट लोड गर्नुस