सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्याकलिन यो तस्बिरले चिन्तित

२०७८ पुष २६, ०५:२७

काठमाडौंः बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज पछिल्लो समय महाठग सुकेश चन्द्रशेखरको सम्बन्धका कारण विवादीत बनेकी छन्। उनीसँगको व्यक्तिगत तस्बिरहरु सार्वजनिक भएपछि ज्याकलिन चिन्तित बनेकी छन्।

भारतीय मिडियामा तस्बिरहरु सार्वजनिक हुन थालेपछि उनले शनिबार विज्ञप्ति नै जारी गरेकी छन्। ‘यो देश र यहाँका मानिसहरुले मलाई धेरै माया दिएका छन्। त्यसमा पनि मिडियाका धेरै साथीहरु छन्, उनीहरुबाट मैले धेरै कुरा सिकेको पनि छु। म मिडियाका साथीहरुसँग अनुरोध छ, मेरो व्यक्तिगत गोपनियताको पनि ख्याल गर्नुस्,’ उनले प्रेस विज्ञप्तिमा उल्लेख गरेकी छन्। 

कमेन्ट लोड गर्नुस