सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनुष र ऐश्वर्याबीच डिभोर्स

२०७८ माघ ४, ०३:२२ खबर संवाददाता

चेन्नइः दक्षिण भारतीय अभिनेता धनुष र पत्नी ऐश्वर्याबीच सोमबार सम्बन्ध विच्छेद भएको छ। उनीहरुले औपचारिक विज्ञप्ति सार्वजनिक गर्दै १८ वर्ष लामो सम्बन्धलाई टुंगाएको उल्लेख गरेका छन्। ऐश्वर्या रजनीकान्तकी छोरी समेत हुन्। धनुष र ऐश्वर्याको जोडीलाई भारतमा आदर्श जोडी पनि मानिन्थ्यो।

धनुष साउथ इन्डियाका सुपरस्टार हुन् भने ऐश्वर्या फिल्म निर्देशक। ठीकठाक चलिरहेको सम्बन्ध किन टुंगियो भन्ने चासो अहिले उनीहरुका प्रशंसकमाझ चलिरहेको छ। यसअघि धनुषको नाम अमाला पाल, श्रुती हसन र तृष्णा कृष्णनसँग जोडिएको थियो। विज्ञप्तिमा आफूहरुको निर्णयलाई सम्मान गर्न आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस