सुदूर नेपाललाई विश्वसँग जोड्दै

सयौँ जाति, भाषा, धर्म र सँस्कृति सबैको

२०७८ माघ १४, ११:२३ खबर संवाददाता

सयौँ जाति, भाषा, धर्म र सँस्कृति सबैको साझा फूलबारी नेपाल
अखण्ड, सुन्दर, शान्त भूमी हो हाम्रो प्यारो राष्ट्र नेपाल
सारा नेपालीमा देशको लागि भूमिका, भिजन र मिसन हुनुपर्छ
सारा नेपालीहरु सधँै एकताको बन्धनमा बाँधिनुपर्छ ।

सिमानामा टक्क अडेर मनभरि देशको सीमाबारे सोचेर
सुन्दर शान्त यो देश निर्माणको ईतिहास पढेर
शान्तिका दुत गौतम बुद्ध जन्मे यही देशको माटोमा
शान्तिको सन्देश फैलाएर गए सारा जगतमा ।

सबै हामी नेपालिहरु राष्ट्र निर्माणको कार्यमा एक भई जुटौँ
हिमाल, पहाड, तराई सबै मिली सिंगो राष्ट्र निर्माण गरौँ
आज सिंगो देश बनाउने देशभक्तको खाचो छ 
सारा नेपालीहरु सधैँ एकताको बन्धनमा बाँधिनुपर्छ ।

-गोबिन्द राज ओझा, दिपायल सिलगढी नगरपालिका–२ दिपायल डोटी   
           

कमेन्ट लोड गर्नुस