जर्मनीमा रहेका नेपाली जोडीको ब्ल्याकमेलमा मुछिए साइग्रेस पोखरेल
काठमाडौँः जर्मनीमा रहेको एक नेपाली जोडी श्रीमती बिरामी भएको पुरानो भिडियो टिकटकमा राखेर इमोशनल ब्ल्याकमेल गर्दै पैसा उठाएको विवादमा तानियो। जर्मनीमा रहेका ती जोडीसँगैको विवादमा जोडिए चर्चित कथा वाचक साइग्रेस पोखरेल। उनले शाश्वत बमले आफ्नी श्रीमती दिया नेपालका बारेमा लेखेको कथा पढेर आफ्नो सुन्ने कथा युट्युब च्यानलमा राखिदिएका थिए। तर दिया अस्पतालमा नभई अपार्टमेन्टमा आइसकेकी थिइन् र उनको स्वास्थ्य बिमा भएकाले उपचारको सबै रकम बिमाबाट कभर भएको थियो।
उता शाश्वतले आफ्नो टिकटक अकाउन्टमा साइग्रेसको सुन्ने चिठी राखेर प्रयोगकर्ताहरूलाई इमोशनल बनाउँदै गोफन्डमार्फत पैसा उठाइरहेका थिए। गोफन्डमा ७२ हजार अमेरिकी डलरसम्म उठ्यो। शाश्वत र दियाकै साथी मेलिना अधिकारी एकाएक टिकटक लाइभमा आएर शाश्वतले इमोसनल ब्ल्याकमेल गरेर पैसा उठाएको र दिया अहिले सन्चो भइसकेको भन्दै यी दुवैको पोल खोलिदिएपछि यो स्क्याम सार्वजनिक भयो।
लगत्तै साइग्रेसले त्यो कथा युट्युबमा प्राइभेट गरे। उनले भिडियो प्राइभेट गरेपछि फेसबुकमा भिडियो सन्देश राख्दै किन आफूले भिडियो प्राइभेट गरेको हो भनेर प्रस्टीकरण दिएका छन्। उनले आफूले यस्तो नगरेको बताएका छन्।