सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल शाह प्रकरणः निर्देशक थापा प्रहरी नियन्त्रणमा

२०७८ फाल्गुन १४, ०२:१३ खबर संवाददाता

काठमाडौंः नाबालिगमाथि करणी गरेको गरेको आरोप फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न निर्देशक सुदर्शन थापालाई प्रहरीले तीनकुने स्थिति प्रहरी कार्यालय लगेको छ। प्रहरीले सोधपुछका लागि भन्दै उनलाई प्रहरी कार्यालय लगेको हो।

थापा शाह अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु–२ का निर्माता तथा निर्देशक हुन्। प्रहरीले पनि थापालाई पल शाहका विषयमा सामान्य सोधपुछका लागि बोलाएको जानकारी दिएको छ। शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ। बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो। पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस