पल शाहको गाडी सिंहदरबारमा भेटियो
धनगढीः अभिनेता पल शाहले प्रयोग गर्दै आएको गाडी सिंहदरबार क्षेत्रमा भेटिएको छ। शाहले प्रयोग गर्दै आएको बा ०१ ०२६ च १०८४ नम्बरको निलो टाटा नेक्सन गाडीलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो।
एक गायिकाले पल शाहले आफुलाई बलात्कार गरेको आरोप लगाएर जिल्ला प्रहरी कार्यालय तनहुँ मा जाहेरी दिएकी छिन्। प्रहरीले शाहलाई पक्राउ गर्न देश भरका प्रहरीलाई सर्कुलर जारी गरेको छ। यद्यपी पल शाह भने हालसम्म पक्राउ परेका छैनन्। उनी फरार छन्।