सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल शाहविरुद्ध गैंडाकोटमा पनि बलात्कारको उजुरी दर्ता

२०७८ फाल्गुन १५, ०४:११ खबर संवाददाता

धनगढीः अभिनेता पल शाहले करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी छन्।

प्रहरीमा दर्ता गराइएको जाहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ। ती युवतीले आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेलामा शाहले करणी गरेको दाबी गरेकी छिन्। गैंडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेका अनुसार निवेदन दर्ता गराउन युवती र उनका बाबु प्रहरी कार्यालय पुगेका थिए। निवेदनउपर तत्कालै अनुसन्धान सुरु गरिने निरीक्षक पाण्डेले बताइन्।

कमेन्ट लोड गर्नुस