सुदूर नेपाललाई विश्वसँग जोड्दै

म त्यहाँ पक्कै हुने छु !

२०७८ फाल्गुन १६, ०६:११ खबर संवाददाता

धरणी भट्ट, नसोच तिमी मलाइ म तिमीसँग त्यतिबेला मात्रै नजिक हुनेछु।
जव तिम्रो जीवनमा सफलताका परिपथहरु उदाइरहेका हुनेछन्।

किनकी, म हरेकदिन हरेकपल, तिम्रो व्यग्र प्रतीक्षामा उभिइरहेको हुनेछु।
तिम्रो सफलता र असफलताले मेरो प्रतीक्षामा रत्तिभर फरक पर्नेछैन।

किनकी सगरमाथा चढ्ने मान्छे हिउँ पहिरो आधीँबेहरी बाधालाई कहिल्यै हेर्दैन।
जव तिमी सफलताको शिखरमा चढी आफ्नो जितको विजय उत्सब मनाइरहेकी हुनेछौ। 

तव म तिम्रो जीतमा एउटा सहभागी भएर ताली बजाइरहेको हुनेछु।
तिम्रो असफलताको कारणले तिमीले निराश भइरहदा म एक झिनो आशाको त्यान्द्रो बनी उभिरहेको हुनेछु।

नसोच तिमी मलाइ म तिम्रो तातो चिया पिउन्जेल सम्मको मात्रै सहयात्री हु भनेर।
किनकी, म त्यो दिन पनि तिम्रो साथमा हुनेछु जव तिम्रो चिया चिसो र रक्सी तातो भइरहने छ।

नसोच तिमी मलाइ म तिमीसँग हवाइजहाजमा चढेर उडि जाने बेलासम्म मात्रै हुनेछु।
किनकी म त्यो दिन पनि तिम्रो साथ मा हुनेछु जव तिम्रो उडानको हवाइजहाज उडिसकेको हुनेछ र तिम्रो अन्तिम ट्रेन पनि छुटिसकेको हुनेछ।

नसोच तिमी मलाइ म तिमीसाग मिठो कुरा गरुन्जेलसम्म मात्रै साथ दिने छु।
किनकी, तिम्रो त्यो निरस पलमा र उजाड दिमागको फुलबारी पानीको चिसो लहर बनी ओइलिएका फुललाइ पुनः फुल्ने बनाउने छु।

कमेन्ट लोड गर्नुस