सुदूर नेपाललाई विश्वसँग जोड्दै

कलाकारको ‘भ्यालु’ नबुझेर नेपाल पछि पर्योः पूजा शर्मा

२०७८ फाल्गुन १९, १२:४३ खबर संवाददाता

काठमाडौंः अभिनेत्री पूजा शर्माले नेपालमा कलाकारको सम्मान नै भएको बताएकी छन्। नाबालिकालाई करणी गरेको अभियोगमा अभिनेता पल शाहबारे बोल्दै अभिनेत्री शर्माले नेपालमा कलाकारको भ्यालु नबुझेको बताएकी हुन्।

दोषी नठहरी कलाकारलाई हतकडी लगानु पनि आपत्तिजन भएको उनको भनाइ छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले भनेकी छन् ‘कलाकारको भ्यालु किन बुझेनौं है। जब पललाई लग्यो नि, उ दोषी हो कि होइन भन्ने नठहरी कलाकारलाई यसरी हतकडी लगाएको मलाई सबभन्दा मन नपरेको कुरा हो। उ दोषी ठहरिएपछि त हतकडी लगाउ जे गर। यहाँ कलाकारलाई सम्मान भन्ने चिज नै छैन।’ कलाकारको सम्मान नगरेकै कारण देश पछि गएको पनि अभिनेत्री शर्माले बताएकी छन्। उनले भनेकी छन्, ‘यहाँ कलाकारलाई जे भन्दा पनि भयो। त्यही भएर देश यतिकै पछि गएको हैन भन्ने चाहिँ मलाई लाग्छ।’ १७ वर्षीया गायीकाले पलले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन्। उक्त जाहेरी परेको चार दिनसम्म लुकेर बसेका पलले आइतवार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। उनी अहिले प्रहरी हिरासतमा छन्।

प्रहरी हिरासतमा भएका पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन्। प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको चरित्र हत्या गर्ने प्रवृत्ति हाबी भइरहेको छ।


 

कमेन्ट लोड गर्नुस